Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कम्युनिष्टलाई घेराबन्दी गरेर समाप्त पार्न खोजियो ; विप्लव

कम्युनिष्टलाई घेराबन्दी गरेर समाप्त पार्न खोजियो ; विप्लव

  • मंगलवार, मंसिर १३ २०७९

  • 756
    SHARES

  • कम्युनिष्टलाई घेराबन्दी गरेर समाप्त पार्न खोजियो ; विप्लव

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले देशभर कम्युनिष्टलाई घेरबन्दी गरेर समाप्त पार्न खोजिएको आरोप लगाउनु भएको छ ।

    आज आम निर्वाचनको विषयमा भिडियो वक्तव्य जारी गर्दै महासचिव विप्लवले यस्तो बताउनुभएको हो। उहाँले त्यसका लागी झापा विद्रोह,जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बताउनु भयो।

    उहाँले भन्नुभयो,‘हामी कम्युनिष्टहरू एक हुन जरुरी छ। झापा विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको पक्षमा लडेका, योगदान गरेका, नयाँ सपना देखेका कुनै न कुनै रुपले योगदान गरेका सबै कम्युनिष्ट समर्थक नागरिकहरु, जनसमुदायहरू, देशभक्त नागरिकहरू,’ ।

    यस्तै उहाँले ‘नेपाललाई पश्चिम बंगाल बनाउन संसदीय व्यवस्थाको पुच्छरमा कम्युनिष्टलाई घिसारेर अन्तत कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने, कम्युनिष्ट समर्थक जनताहरूलाई परिवर्तन र क्रान्तिको चेतनाबाट विसर्जित गर्ने षडयन्त्रहरू भएका छन् । हामी सचेत हुनुपर्छ,’ उहाँले थप्नुभयो ।

    उहाँले संसारभर पुँजीपती वर्गको रजाइँ चल्दासम्म शान्त नहुने बताउँदै अहिले नेपालमा पनि त्यसैकारण श्रमिक र देशभक्त नागरिकले शान्ति नपाएको दाबी गर्दै अझै पनि संसदबाट केही गर्न सकिन्छ कि भन्ने भ्रममात्रै रहेको बताउनुभयो ।


    मंगलवार, मंसिर १३ २०७९०२:३७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij