Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

संसदीय दलको नेतामा देउवाको विकल्प छैन : विमलेन्द्र निधि

संसदीय दलको नेतामा देउवाको विकल्प छैन : विमलेन्द्र निधि

  • आइतवार, मंसिर ११ २०७९

  • 1.3K
    SHARES

  • संसदीय दलको नेतामा देउवाको विकल्प छैन :  विमलेन्द्र निधि

    काठमाडौं।नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई नै समर्थन गर्नुपर्ने बताउनुभएको छ।

    प्रधानमन्त्री देउवा संसदीय दलको नेतामा भीड्न इच्छुक रहेको भन्दै नेता निधिले आफ्नो समर्थन देउवालाई नै रहने बताउनुभयो । हिजो निधिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्नुभएको थियो ।

    उहाँले देउवा बाहेक अरूलाई सहयोग गर्न नसक्ने बताउदै हिजै बालुवाटारमा देउवालाई भेटेर आफ्नो समर्थन रहने बताईसकेको उहाँले बताउनुभयो ।

    कांग्रेसका समानुपातिक उम्मेदवार समेत रहनुभएका नेता निधिले गठबन्धनको नेतृत्व गरिरहेकोले संसदीय दलको नेता देउवा नै हुनुपर्ने दावी समेत गर्नुभयो ।


    आइतवार, मंसिर ११ २०७९०३:०७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij