Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

मोरङ ३ मा कांग्रेसका शुनिल शर्मा विजयी

मोरङ ३ मा कांग्रेसका शुनिल शर्मा विजयी

  • शनिवार, मंसिर १० २०७९

  • 698
    SHARES

  • मोरङ ३ मा कांग्रेसका शुनिल शर्मा विजयी

    काठमाडौं । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी हुनुभएको छ ।

    एमाले उम्मेदवार भानुभक्त ढकाल र राप्रपाकी रेखा थापालाई फराकिलो मतान्तरले पराजित गर्दै शर्मा निर्वाचित हुनुभएको हो ।

    शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्रै पाउनुभयो । राप्रपाबाट उम्मेदवार बनेकी रेखा थापाले १० हजार ९८८ मत ल्याएर तेस्रोमा सीमित हुनुभयो ।

    २०७४ सालको निर्वाचनमा भानुभक्त ढकालसँग शर्मा पराजित हुनुभएको थियो । यो पटक शर्माले ठूलो मतान्तरसहित ढकाललाई पराजित गरेर बदला लिनुभयो ।


    शनिवार, मंसिर १० २०७९०९:४७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij