Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

बाजुराको बुढीनन्दा ५ मा मतदान जारी

बाजुराको बुढीनन्दा ५ मा मतदान जारी

  • शनिवार, मंसिर १० २०७९

  • 399
    SHARES

  • बाजुराको बुढीनन्दा ५ मा मतदान जारी

    काठमाडौं । बाजुराको बुढीनन्दा–५ मा रोकिएको निर्वाचन आज भइरहेको छ । मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतदान प्रक्रिया सोही क्षेत्रमा रोकिएको थियो ।

    बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बिहान ७ बजेदेखि मतदान जारी रहेको जानकारी दिनुभयो । यो केन्द्रमा ९ सय ९९ जना मतादाता रहेको पनि उहाँले बताउनुभयो

    राजनीतिक दलहरुले जिल्लाका २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी गरेका छन् । यी उजुरीको विषयमा पनि निर्णय भइनसकेको उहाँले बताउनुभयो । मतदान सकिएपछि मतपेटिका भण्डारण गरिने र आयोगको निर्णय पछिमात्र मतगणना प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

    आयोगले सहसचिवको तुलसीबहादुर श्रेष्ठको नेतृत्वमा टोली गठन गरेको छ । यहाँ, त्रिवेणी नगरपालिकामा मतदानको क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक र दोहोरो भीडन्तमा एक गरी दुई जनाको मृत्यु भएको थियो । सोही घटनाको राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गरिरहेको छ ।


    शनिवार, मंसिर १० २०७९०९:४२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij