Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

काभ्रे १ : माओवादीका सूर्यमान तामाङ दोङ विजयी

काभ्रे १ : माओवादीका सूर्यमान तामाङ दोङ विजयी

  • शनिवार, मंसिर १० २०७९

  • 396
    SHARES

  • काभ्रे  १ : माओवादीका सूर्यमान तामाङ दोङ विजयी

    काभ्रे । नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान तामाङ दोङ काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

    निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित हुनुभएको हो ।

    त्यसैगरी उहाँका प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार रेशमबहादुर लामाले ३० हजार पाँच सय ४८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठ आठ हजार छ सय ९७ मत प्राप्त गरी तेस्रो हुनुभएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार आठ सय ५३ मत प्राप्त गर्नुभएको छ ।

     


    शनिवार, मंसिर १० २०७९०६:५०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij