काठमाडौं । कोरोना भाइरस संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ५ जना पुरुष रहेका छन् ।
मृत्यु हुनेमा काठमाडौँकी ८० वर्षीया महिला, सुनसरीका ७०, पर्साका ५४ र ६० र कपिलवस्तुका ६२ वर्षीय पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।