Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

मेरो ८ मत हरायो, नतिजा घोषणा नहोस् : कुमार राना

मेरो ८ मत हरायो, नतिजा घोषणा नहोस् : कुमार राना

  • शुक्रवार, मंसिर ९ २०७९

  • 2.0K
    SHARES

  • मेरो ८ मत हरायो, नतिजा घोषणा नहोस् : कुमार राना

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं स्याङ्जा क्षेत्र न १ (ख) प्रदेशसभा सदस्य पदका उम्मेदवार बुद्धिबहादुर राना (कुमार)ले निर्वाचनको नतिजा स्वीकार्य नभएको बताउनुभएको छ ।

    उहाँले मतगणना गर्ने क्रममा ८ मत हराएको भन्दै पुनः मतगणना गरेर मात्रै नतिजा सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।

    भर्खरै सकिएको मतपरिणामअनुसार नेकपा (एमाले)का सुधीर पौडेल निर्वाचित हुनुभएको छ। उहाँले नेपाली कांग्रेसका बुद्धिबहादुर राना (कुमार)लाई ६ मतले पराजित गर्नुभएको थियो ।

    रानाले १७ हजार ४ सय ३५ मत प्राप्त गर्दा पौडेलले १७ हजार ४ सय ४१ मत प्राप्त गर्नुभएको छ । रानाले आफ्नो ८ मत हराएकोले पुनरावेदनमा समेत जाने बताउनुभएको छ ।

    निर्वाचन अधिकृतको कार्यालयले जबरजस्ती नतिजा घोषणा गरेको खण्डमा स्वीकार्य नहुने पनि रानाले बताउनुभएको छ ।

     


    शुक्रवार, मंसिर ९ २०७९०४:३०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij