Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

मेयर हारेका दिपकबहादुर सिंह प्रतिनिधिसभामा निर्वाचित

मेयर हारेका दिपकबहादुर सिंह प्रतिनिधिसभामा निर्वाचित

  • बिहिवार, मंसिर ८ २०७९

  • 388
    SHARES

  • मेयर हारेका दिपकबहादुर सिंह प्रतिनिधिसभामा निर्वाचित

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दिपकबहादुर सिंह निर्वाचित हुनुभएको छ ।

    उहाँले सत्तारुढ गठबन्धन र एमाले–राप्रपा नेपालको गठबन्धनलाई चकित पार्दै जित हासिल गर्नुभएको हो ।

    सिंह २७ हजार ८१६ मतसहित निर्वाचित हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले २५ हजार ४३४ मत प्राप्त गर्नुभएको छ ।

    सोही क्षेत्रमा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गर्नुभयो ।

    लामो समय राप्रपाको नेतृत्व गरेका कमल थापाले केही अघि सो पार्टी परित्याग गरी राप्रपा नेपाल गठन गरेका थिए । आफ्नै क्षेत्रमा एमालेसँग थापाको तालमेलका बाबजुद राप्रपाका सिंहले जित हासिल गर्नु असामान्य उपलब्धि मानिएको छ ।

    सिंह गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवार बनेर पराजित भएका थिए । नेपाल राष्ट्रिय युवा संघको केन्द्रीय अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका सिंह २०५४ सालमा हेटौंडा नगरपालिकाको मेयरका उम्मेदवार रहे पनि डोरमणि पौडेलसँग १ हजार २ सय मतान्तरले पराजित भएका थिए ।

    २०५६ को संसदीय निर्वाचन र २०७० सालको संविधानसभा निर्वाचनमा उनी पराजित भएका थिए । सिंह २०६४ सालको संविधानसभा र ०७४ सालको संसदीय निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार थिए । यद्यपि उनले प्रतिनिधित्व गर्ने अवसर भने पाएनन् । निर्वाचनमा निरन्तर असफल रहँदै आएका सिंह पहिलो पटक संसदीय राजनीतिमा सफल भएका हुन् ।


    बिहिवार, मंसिर ८ २०७९०२:२२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij