Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

निम्न वर्गीय गंगारामको प्रतिनिधिसभामा जित

निम्न वर्गीय गंगारामको प्रतिनिधिसभामा जित

  • मंगलवार, मंसिर ६ २०७९

  • 492
    SHARES

  • निम्न वर्गीय गंगारामको प्रतिनिधिसभामा जित

    काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

    आफ्नो निकटतम् प्रतिद्वन्द्वी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माअ‍ोवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी (कुन्दन)लाई पाँच हजार ३७१ मतान्तरले हराउँदै उहाँ निर्वाचित हुनुभएको हो ।

    गंगारामले २३ हजार १२० मत प्राप्त गर्नुभएको छ भने कृष्णकुमार १७ हजार ७४९ मतमा सीमित भए । नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री समेत रहेका गौरीशंकर चौधरी नौ हजार ८७४ मतका साथ तेस्रो स्थानमा रहे ।

    एक लाख ७ हजार ६५ जना मतदाता रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा ६३ हजार ४४० मत खसेको थियो । जसमध्ये ५९ हजार ७१९ मत सदर भएको छ भने चार हजार २१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    निर्वाचित भएपछि गंगारामले थारु समुदायमाथि राज्यबाट भएको अन्याय र निर्वाचित भएको क्षेत्रको समग्र विकासका लागि लड्ने प्रतिवद्धता जनाएका छन् । थरुहट आन्दोलन तथा टीकापुर घटनाको पृष्ठभूमिबाट नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताउँदै उनले भने, ‘हामी न्यायका लागि चुनावमा होमिएका थियौं । टीकापुर राजबन्दी रिहाइका लागि हो । दोस्रो एजेन्डा विकास र समृद्धि हो ।’

    राज्यले न्याय नगरे पनि आमजनताले आफूहरुलाई न्याय गरेको उहाँले बताउनुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्र बाढी प्रभावित क्षेत्र रहेको बताउँदै अब लगत्तै आफूले यहाँका समस्या र सम्भावनाबारे आमनागरिकसँग सुझाव संकलन गर्ने र त्यसको आधारमा पाँच वर्षे गुरुयोजना बनाइ काम गर्ने बताउनुभयो।

    कैलालीको भजनी नगरपालिका–२ मोहनपुरमा बुबा फुलराम डंगौरा थारु र आमा राजदेवी डंगौरा थरुनीको कोखबाट जन्मिएका ४४ वर्षीय गंगा चौधरी राजनीतिमा भने २०७४ को निर्वाचनदेखि अग्रपंक्तिमा देखिँदै आएका छन् ।

    उसो त २०७४ को निर्वाचनभन्दा पहिले नेपाली कांग्रेसको क्षेत्रीय समितिमा उनी आबद्ध थिए । २०७४ को निर्वाचनताका राजपामा आवद्ध भई रेशम चौधरीलाई जिताउन उनले अहम भूमिका खेलेका थिए । २०७४ को निर्वाचनभन्दा पहिले नेपाली कांग्रेसको क्षेत्रीय समितिमा आवद्ध थिए । २०७४ को निर्वाचनताका राजपामा आवद्ध भई रेशम चौधरीलाई जिताउनमा अहम् भूमिका खेल्दै हाल उनी नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य छन् ।

    निम्न परिवारमा जन्मिएका उनले पाठ्यक्रम विषयमा स्नातकोत्तरसम्म गरेका छन् । उनको गैरसरकारी संस्थामा २२ वर्ष कार्य अनुभव छ ।

     


    मंगलवार, मंसिर ६ २०७९०२:२३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij