Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही फराकिलो मतअन्तरले अगाडि

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही फराकिलो मतअन्तरले अगाडि

  • मंगलवार, मंसिर ६ २०७९

  • 806
    SHARES

  • जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही फराकिलो मतअन्तरले अगाडि

    काठमाडौं । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मत अन्तरले अग्रता कायम राख्नुभएको छ । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाउनुभएको छ।

    नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले १ हजार ४४९ मत पाउनुभएको छ। ज्ञानेन्द्र गोमाभन्दा २ हजार ६४२ मतअन्तरले अगाडि हुनुहुन्छ। पहिलो पटक संसदीय निर्वाचन लड्नुभएका शाही राप्रपाका प्रवक्तासमेत हुनुहुन्छ ।

    नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ७९८ र नेपाल मजदुर किसान पार्टीका डिल्ली प्रसाद काफ्लेले १४९ मत पाउनुभएको छ ।

    जुम्लामा २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका गजेन्द्र महत विजयी हुनुभएको थियो।
    जुम्लाका ६८ हजार मतदातामध्ये करिब ६५ प्रतिशत खसेको थियो ।


    मंगलवार, मंसिर ६ २०७९०८:०७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij