Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

हिजो स्थगित गुल्मीको अर्बेनीमा भोली पुनः मतदान हुने

हिजो स्थगित गुल्मीको अर्बेनीमा भोली पुनः मतदान हुने

  • सोमवार, मंसिर ५ २०७९

  • 318
    SHARES

  • हिजो स्थगित गुल्मीको अर्बेनीमा भोली पुनः मतदान हुने

    काठमाडौं । हिजो मतदान रोकिएको गुल्मीको अर्बेनिमा भोली मतदान हुने भएको छ । गुल्मीको क्षेत्र नं १ नम्बरको कालिगण्डकी गाउँपालिकामा पर्ने अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा भोली पुनः मतदान हुने भएको हो ।

    हिजो मतदान चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र वितरण भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

    मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता मध्ये ६६४ जनाले मतदान गरिसकेपछि मतदान स्थगित भएको थियो ।

    स्थगित भएको मतदान केन्द्र बाहेकका जिल्लाका अन्य मतदान केन्द्रको मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिनु भएको छ । ।


    सोमवार, मंसिर ५ २०७९०५:१०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij