Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रारम्भिक मतपरिणाममा सत्तागठबन्धनको अग्रता निराशजनक

प्रारम्भिक मतपरिणाममा सत्तागठबन्धनको अग्रता निराशजनक

  • सोमवार, मंसिर ५ २०७९

  • 1.1K
    SHARES

  • प्रारम्भिक मतपरिणाममा सत्तागठबन्धनको अग्रता निराशजनक

    काठमाडौं । अहिले भइरहेको मतगणनामा देशैभरको परिणाम हेर्दा नयाँ दल र अनुहारप्रति जनताले आशा देखाएको पाइएको छ ।

    देशका २६ स्थानमा अहिले प्रतिनिधिसभा सदस्य तर्फको मतगणना जारी छ । सोमबार दिउँसो २ बजेसम्मको जारी प्रारम्भिक मतगणना अनुसार सत्ता गठबन्धन १९ स्थानमा पछि परेको देखिएको छ ।

    नेकपा एमालेले १० स्थानमा अग्रता लिइरहँदा सत्ताघटक नेपाली कांग्रेसले पाँच स्थानमा अग्रता लिएको छ भने एक स्थानमा जित हासिल गरेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले ४ स्थानमा अग्रता लिइरहेका छन् । सत्ताघटक माओवादी केन्द्रले एक स्थानमा अग्रता लिँदा अर्को दल नेकपा एकीकृत समाजवादीले एक स्थानमा पनि अग्रता लिन सकेको छैन ।

    झापा–२ मा एमालेका देवराज घिमिरे १४३२ मत अघि हुँदा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका हरिकुमार राना दोस्रो स्थानमा छन् ।

    बाँके २ मा कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठोर पछि परेका छन् । एमालेका किस्मतकुमार कक्षपतिले ३०० पाउँदा राठोरको पक्षमा १०० मत छ ।

    मतगणना जारी रहेको काठमाडौं ९ मा पनि गठबन्धनकी उम्मेदवार कल्पना धमला दोस्रो स्थानमा छिन् । धनुषा ३ मा गठबन्धनका उम्मेदवारले दोस्रो स्थानको मत पनि ल्याउन सकेका छैनन् । यस क्षेत्रमा नेकपा एमालेकी जुलीकुमारी महतोले ६०८ मतसहित अग्रता लिएकी छन् । उनलाई जनमत पार्टीका शम्भुनाथ साहले पछ्याइरहेका छन् ।

    काठमाडौं ३ मा एमालेका कृष्णकुमार राई र दाङ ३ मा कोमल वलीले गठबन्धनका उम्मेदवारलाई पछि पारेका छन् । ललितपुर पनि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका उदयशमसेर राणा पनि पछि परेका छन् । एमालेका नवराज सिलवालले ६६७ मत पाउँदा राणाले ४०१ मत ल्याएका छन् ।

    दैलेख १ मा पनि गठबन्धनका उम्मेदवार पछि परेका छन् । एकीकृत समाजवादीका अम्बरबहादुर थापालाई एमालेका रविन्द्रराज शर्माले पछि पारेका हुन् । एमालेका शर्माले ५५ मत पाउँदा थापाको पक्षमा ३६ मत आएको छ ।

    ललितपुर २ र ३ मा गठबन्धनका उम्मेदवार दोस्रो स्थानमा समेत आउन सकेका छैनन् । यी दुवै क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । ललिपुर २ मा प्रेमकृष्ण महर्जनले ५७७८ मत पाउँदा हाम्रो नेपाली पार्टीका सुदिन शाक्य दोस्रो स्थानमा छन् । ललितपुर ३ मा एमालेका अमृत खड्काले ९६४ मत ल्याएर अग्रता लिँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीको दोस्रो स्थानको मत छ । यस स्थानमा माओवादी केन्द्रकी पम्फा भुसाल उम्मेदवार छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेका क्षेत्रमा गठबन्धनका उम्मेदवार दोस्रो स्थानको मत समेत ल्याउन सकेका छैनन् । मत गणना जारी रहेका काठमाडौं ६, ७, ८ र कास्की २ मा रास्वपा पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।

    यी चारै क्षेत्र मध्ये तीनमा एमाले र एकमा हाम्रो नेपाली पार्टीले रास्वपाका उम्मेदवारलाई पछ्याएका छन् । राप्रपाले दुई स्थानमा अग्रता लिइरहेको छ । झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनका साझा उम्मेदवार कृष्ण सिटौलालाई पछि पारेका छन् । लिङदेनले २२७ मत ल्याउँदा सिटौलाले २१३ मत पाएका छन् ।

    सत्तागठबन्धनबाट कांग्रेसका पाँच जनाले अग्रता लिइरहेका छन् भने एक जना निर्वाचित भएका छन् । मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित भएका छन् । नवलपुर २, भक्तपुर २, काठमाडौं १, ४ र १० मा गठबन्धनका उम्मेदवार अघि छन् ।

    यी क्षेत्रमा कांग्रेसका उम्मेदवार छन् । काठमाडौं १० बाहेक यी पाँच क्षेत्रमा एमालेका उम्मेदवारले दोस्रो स्थानको मत पाएर पछ्याइ रहेका छन् ।


    सोमवार, मंसिर ५ २०७९०३:१७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij