काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की र वीरगञ्जका एक–एक जना रहेका छन् ।
कास्कीको अन्नपुर्ण १ निवासी ६३ वर्षिया महिलाको आज बिहान वीरेन्द्र सैनिक खस्पताल, छाउनीमा निधन भएको हो ।
ब्रेन टुयुमर तथा मिर्गौलाको समस्या भइ अस्पतालमा उपचाररत महिलामा भदौ १९ गते कोरोना पुिष्ट भएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
त्यस्तै, वीरगञ्जमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
उनको स्वाब गत साउन १४ गते संकलन गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि साउन १४ गतेदेखि नै उनी अस्पताल भर्ना भएर उपचार गराउँदै आएका थिए ।