Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

भक्तपुर २ मा मतगणना सुरु

भक्तपुर २ मा मतगणना सुरु

  • सोमवार, मंसिर ५ २०७९

  • 558
    SHARES

  • भक्तपुर २ मा मतगणना सुरु

    भक्तपुर । भक्तपुर २ मा मतगणना सुरु भएको छ । आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिनुभयो ।

    ४ मंसिरमा भक्तपुर-२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो । हिजो मतदान सकिएपछि गएराति १० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय भएको थियो ।

    ८ मतदान केन्द्रका मतपेटिकाका मतपत्र २ ठाउँमा मिसाएर मतगणना भइरहेको निर्वाचन अधिकृत पराजुलीले बताउनुभयो ।

    भक्तपुर-२ मा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत, जनता समाजवादीका दिलबहादुर तामाङ, राप्रपाका मोहन केसी, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगर रहेका छन् ।


    सोमवार, मंसिर ५ २०७९०६:५७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij