Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी

नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी

  • आइतवार, मंसिर ४ २०७९

  • 435
    SHARES

  • नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी

    काठमाडौं । नवलपरासी पूर्वको देवचुली नगरपालिका–४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ ।

    स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ ।

    उनले मतपेटिकामा बडीलोसन दलेर खसाएको बयान दिएका छन् । आग्जनी गरेपछि भण्डारी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।


    आइतवार, मंसिर ४ २०७९०४:५६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij