Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

बाजुरामा मतपेटिकामा आगजनी

बाजुरामा मतपेटिकामा आगजनी

  • आइतवार, मंसिर ४ २०७९

  • 427
    SHARES

  • बाजुरामा मतपेटिकामा आगजनी

    काठमाडौं । बाजुराको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ ।

    प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको क केन्द्रको प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको हो ।

    मतदान अधिकृत रामकुमार यादवले एकाएक मतपेटिकामा धुवाँ निस्किएको बताउनुभयो। मतपेटिकामा आगजनी कसले गरेको हो भन्नेबारे खुल्न नसकेको उहाँको भनाइ छ ।

    उक्त घटनापछि पुनः मतदान गराउने या के गर्ने भन्नेबारे खुलेको छैन ।


    आइतवार, मंसिर ४ २०७९०३:४४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij