Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

पाँचथरको मतदानस्थल नजिक बम विष्फोट

पाँचथरको मतदानस्थल नजिक बम विष्फोट

  • आइतवार, मंसिर ४ २०७९

  • 430
    SHARES

  • पाँचथरको मतदानस्थल नजिक बम विष्फोट
    काठमाडौं । पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ । मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै विस्फोट भए पनि मानवीय क्षति भने भएको छैन ।
     
    सो विस्फोटसँगै केही बमका छर्रा भने मतदान केन्द्रसम्म आइपुगेका थिए । कुनै किसिमको मानवीय क्षति नभएपनि मतदान प्रक्रिया भने अवरुद्ध भएको छ ।
     
    जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार विस्फोटको खबर आए लगत्तै सदरमुकामबाट सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको छ ।


    आइतवार, मंसिर ४ २०७९११:१३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij