Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

मतदान अधिकृत मदिरा सेवन गरी अचेत अवस्थामा भेटिएपछि...

मतदान अधिकृत मदिरा सेवन गरी अचेत अवस्थामा भेटिएपछि...

  • शनिवार, मंसिर ३ २०७९

  • 321
    SHARES

  • मतदान अधिकृत मदिरा सेवन गरी अचेत अवस्थामा भेटिएपछि...
    काठमाडौं ।  पश्चिम नवलपरासीका एक मतदान अधिकृत मदिरा सेवन गरी अचेत अवस्थामा भेटिएपछि बर्खास्त भएका छन् ।
     
    मतदान अधिकृतको रुपमा बर्दघाट नगरपालिका १३ स्थित दुर्गा माध्यमिक विद्यालयमा खटिएका सहायक वन अधिकृत श्यामणी प्रसाद मण्डल शनिबार(आज) मादक पदार्थ सेवन गरेर अचेत अवस्थामा भेटिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बर्खास्त गरेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेले बताउनुभयो ।
     
    निर्वाचनमा अवरोध आउने कार्य गरेको भन्दै मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । मण्डल बर्खास्तमा परेपछि उक्त स्थानमा नयाँ मतदान अधिकृत खटाइएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताउनुभयो । शुक्रबार पनि पश्चिम नवलपरासीमा नै मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने एक जना मतदान अधिकृत बर्खास्तीमा परेका थिए ।


    शनिवार, मंसिर ३ २०७९०२:५३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij