Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी, उमेद्वारी के हुन्छ ?

गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी, उमेद्वारी के हुन्छ ?

  • बिहिवार, मंसिर १ २०७९

  • 1.1K
    SHARES

  • गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी, उमेद्वारी के हुन्छ ?

    काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाणविरुद्ध उजुरी परेको छ ।

    रुपन्देही ३ मा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाणविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

    अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै खाणविरुद्ध उजुरी दर्ता गराउनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय  प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ रुपन्देहीमा उजुरी परेको हो ।

    खाण पाँच दलीय गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ । यसअघि निर्वाचन आयोगमा दर्ता गर्न खोज्दा सम्बन्धित क्षेत्रमा उजुरी दर्ता गर्न भनेपछि रुपन्देहीमा गरेको दर्ता गरेको अधिवक्ता बराल जानकारी दिनुभयो ।


    बिहिवार, मंसिर १ २०७९०३:२२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij