Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

आचारसंहिता उल्लंघन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा

आचारसंहिता उल्लंघन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा

  • बुधवार, कार्तिक ३० २०७९

  • 671
    SHARES

  • आचारसंहिता उल्लंघन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा
    काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं  प्रहरी  प्रवक्ता  टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् । 
     
    “आचारसंहिता विपरीत काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो”, उहाँले भन्नुभयो “कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उहाँहरूलाई पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो ।” प्रवक्ता राईका अनुसार  कारबाही पर्नेमा प्रदेश नं १ मा ४८ , काठमाडौं उपत्यकामा एक  र बागमती प्रदेशमा पाँच रहेका छन्  । 
     
    त्यसैगरी गण्डकी प्रदेशमा २४ , लुम्बिनी प्रदेशमा चार , कर्णाली प्रदेशमा एक  र सुदूरपश्चिममा सात छन् । काठमाडौं उपत्यकासहित सात प्रदेशमा एक लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल एक लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन् । यसमा पुरुष ८४ हजार दुई सय ४८ र महिला ३० हजार छ सय २९ छन् ।


    बुधवार, कार्तिक ३० २०७९०७:३४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij