Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड सहभागी कार्यक्रममा बम विस्फोट

प्रचण्ड सहभागी कार्यक्रममा बम विस्फोट

  • बुधवार, कार्तिक ३० २०७९

  • 2.9K
    SHARES

  • प्रचण्ड सहभागी कार्यक्रममा बम विस्फोट

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ ।

    भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको हो ।

    बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रदेश १ प्रहरी कार्यालयका एसपी नवीनराज राईले जानकारी दिनुभयो। बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

    बुधबार (आज) प्रचण्ड प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा भोजपुर पुग्नुभएको हो ।


    बुधवार, कार्तिक ३० २०७९०२:५९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij