Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

देउवा सुदूरपश्चिमका विभिन्न चुनावी सभालाई सम्बोधन गर्ने

देउवा सुदूरपश्चिमका विभिन्न चुनावी सभालाई सम्बोधन गर्ने

  • बुधवार, कार्तिक ३० २०७९

  • 318
    SHARES

  • देउवा सुदूरपश्चिमका विभिन्न चुनावी सभालाई सम्बोधन गर्ने

    काठमडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह जिल्ला डडेलधुरा जाँदै हुनुहुन्छ । हिजो धनगढी पुगेका देउवा आज आफ्नो गृहजिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र आउन लाग्नुभएको हो ।

    देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । निर्वाचनका लागि उहाँ सुदूरपश्चिममा हुनुहुन्छ । देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृहजिल्ला जानुभएको थियो ।

    त्यसक्रममा उहाँले चार दिन सातवटै स्थानीय तहमा वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेका चुनावीसभामा सहभागी हुनुभएको थियो । देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै हुनुहुन्छ । देउवासँग कांग्रेस विपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत ८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।


    बुधवार, कार्तिक ३० २०७९०९:१८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij