Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

माओवादीका लुम्बिनी प्रदेश उपाध्यक्ष खत्री पदमुक्त

माओवादीका लुम्बिनी प्रदेश उपाध्यक्ष खत्री पदमुक्त

  • मंगलवार, कार्तिक २९ २०७९

  • 445
    SHARES

  • माओवादीका लुम्बिनी प्रदेश उपाध्यक्ष खत्री पदमुक्त

    काठमाडौं । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश उपाध्यक्ष वीरबहादुर खत्रीलाई कारबाही गरेको छ।

    खत्रीले सत्ता गठबन्धनका बागी उम्मेदवारलाई मत मागेको भन्दै माओवादीको लुम्बिनी प्रदेश समितिले खत्रीलाई जिम्मेवारीबाटै हटाएको हो ।

    रोल्पाको प्रदेशसभा–२ का गठबन्धनका उमेद्वार कांग्रेस नेता अमरसिंह पुनविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुनका लागि मत मागेकोले खत्रिलाई कारबाही गरेको हो ।

    खत्री रोल्पाको गंगादेव गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका थिए ।

    रोल्पामा सत्तारुढ गठबन्धनबीच प्रतिनिधिसभामा माओवादी केन्द्रका र प्रदेशसभाको दुई क्षेत्रमध्ये एउटामा कांग्रेस र एउटामा माओवादीका उम्मेदवार रहने गरी सिट बाँडफाँट भएको थियो ।


    मंगलवार, कार्तिक २९ २०७९०२:३५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij