Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

रेखालाई भोट दिन करिष्माको अपिल

रेखालाई भोट दिन करिष्माको अपिल

  • मंगलवार, कार्तिक २९ २०७९

  • 417
    SHARES

  • रेखालाई भोट दिन करिष्माको अपिल

    काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले अभिनेत्री रेखाका लागि भोटको अपिल गरेकी छिन् ।

    मोरङ– ३ बाट राप्रपा उम्मेदवार बनेकी रेखा यसपटक अत्यधिक चर्चित बनेकी छिन् ।

    करिष्माले आफ्नो सामाजिक सञ्जालमार्फत् रेखाका लागि भोटको अपिल गरेकी छिन् । उनले लेखेकी छिन्, ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका सम्बाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारहरुले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौँ लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्याउने हो । ’

    उनी थप्छिन्, ‘यो संघर्षमा सामिल योद्धा । रेखा थापालाई भोट गर्न मोरङ जिल्लालाई आग्रह गर्दछु ।’ करिष्माजस्तै चलचित्र क्षेत्रका अन्य कलाकारले पनि रेखाका लागि भोट मागिरहेका छन् ।


    मंगलवार, कार्तिक २९ २०७९०२:१६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij