Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले थप ५ नेतालाई पार्टीबाट निष्काशन गर्यो

कांग्रेसले थप ५ नेतालाई पार्टीबाट निष्काशन गर्यो

  • सोमवार, कार्तिक २८ २०७९

  • 575
    SHARES

  • कांग्रेसले थप ५ नेतालाई पार्टीबाट निष्काशन गर्यो

    काठमाडौं ।नेपाली कांग्रेसले पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै थप ५ जनालाई निष्काशन गरेको छ ।

    आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले महासमिति सदस्य मंगलबहादुर शाही, महाधिवेशन प्रतिनिधिद्वय धर्मेन्द्रप्रसाद यादव र रविन्द्रप्रसाद यादव तथा क्रियाशील सदस्य वीरेन्द्रप्रसाद यादवलाई निष्काशन गरेको हो ।

    यस्तै बारा जिल्ला समिति सदस्य रामएकवाल प्रसाद यादवलाई पनि निष्काशन गरिएको संयोजक ढुंगानाले जानकारी दिनुभयो ।

    आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवार विरुद्ध उम्मेदवार दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकालाई कांग्रेसले ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्दै आएको छ ।


    सोमवार, कार्तिक २८ २०७९०१:४९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij