Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

ओलीले आज कर्णालीका तीन जिल्लामा हुने चुनावीसभालाई सम्बोधन गर्ने

ओलीले आज कर्णालीका तीन जिल्लामा हुने चुनावीसभालाई सम्बोधन गर्ने

  • आइतवार, कार्तिक २७ २०७९

  • 433
    SHARES

  • ओलीले आज कर्णालीका तीन जिल्लामा हुने चुनावीसभालाई सम्बोधन गर्ने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन जिल्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने हुनुभएको छ ।

    ओलीले बिहान ११ कालीकोट जिल्लाको रोस्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ भने त्यसपछि दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाको जुम्बुकाँधमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

    यस्तै, ओलीले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घणटघरको पश्चिमपट्टि आयोजना गरिएको बृहत् चुनावी सभालाई सम्बोधन गर्ने एमाले कर्णाली प्रदेशले जनाएको छ ।

    वीरेन्द्रनगरमा दिउँसो २ बजेपछि सभालाई ओलीले सम्बोधन गर्ने छन्। साथसाथै, लोक गायक ब्रदि पंगेनी पनि सहभागी हुनुहुने छ ।

    ओलीले हिजो सुदुरपश्चिम प्रदेशको डोटी र कैलालीका तीनवटा चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।


    आइतवार, कार्तिक २७ २०७९०९:५४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij