काठमाडौँ –आचासंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार पुकार बमलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
चुनाव प्रचारप्रसारको क्रममा आफ्नो नाम अंकित टिसर्ट लगाएको भन्दै केही दिनअघि आयोगले उनलाई स्पष्टीकरणसमेत सोधेको थियो।