Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

अबको प्रधानमन्त्री गगन थापा-अर्थविद् वाग्ले

अबको प्रधानमन्त्री गगन थापा-अर्थविद् वाग्ले

  • शनिवार, कार्तिक २६ २०७९

  • 499
    SHARES

  • अबको प्रधानमन्त्री गगन थापा-अर्थविद् वाग्ले

    काठमाडौं– अर्थविद् डा स्वर्णिम वाग्लेले अबको प्रधानमन्त्री नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बन्ने दावी गर्नुभएको छ ।

    आज काठमाडौं क्षेत्र नम्बर ४ को एक कार्यक्रममा बोल्दै वाग्लेले प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको भन्दै आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि थापा नै प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको हो ।

    उहाँले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन पनि स्थानीय मतदातालाई आह्वान गर्नुभयो । थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरुजस्ता विज्ञहरुको टिम रहेकोसमेत दाबी गर्नुभयो।

    थापाले कोभिडको महामारीमा राजनेताको छवि बनाएको भन्दै उहाँलाई अघि बढाएर प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलुकमा ठूलो परिवर्तन हुने उहाँको भनाइ छ।

    ७ महिना स्वास्थ्यमन्त्री हुँदा थापाले देशमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजाँदा हरेक नागरिकलाई स्वास्थ्य बीमाको माध्यमबाट उपचार पाउने अवस्था रहेको वाग्लेले बताउनुभयो ।


    शनिवार, कार्तिक २६ २०७९०३:०३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij