काठमाडौं । सत्ता गठबन्धनले आज चितवनमा चुनावी सभा आयोजना गर्दै छ । सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका छ ।
देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई सहित नेताहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
गठबन्धन दलमध्ये नेपाली कांग्रेसबाट चितवन क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ तथा नेकपा माओवादी केन्द्रबाट क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाका उम्मेदवार छन् ।