Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

ओलीले आज सुदूरपश्चिममा हुने चुनावी सभालाई सम्बोधन गर्ने

ओलीले आज सुदूरपश्चिममा हुने चुनावी सभालाई सम्बोधन गर्ने

  • शनिवार, कार्तिक २६ २०७९

  • 373
    SHARES

  • ओलीले आज सुदूरपश्चिममा हुने चुनावी सभालाई सम्बोधन गर्ने

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज शनिबार सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ जाँदै हुनुहुन्छ ।

    १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेका ओली फेरि सुदूरपश्चिम जान लाग्नुभएको हो ।

    एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले आज तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्नुहुने छ। ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    ओलीले १८ कात्तिकमा दार्चुला, बैतडी र महेन्द्रनगरका तीन वटा सभालाई सम्बोधन गर्नुभएको थियो ।

     


    शनिवार, कार्तिक २६ २०७९०७:४२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij