Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भइ देशको विकास गर्ने लक्ष्य छ : गगन थापा

संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भइ देशको विकास गर्ने लक्ष्य छ : गगन थापा

  • बुधवार, कार्तिक २३ २०७९

  • 519
    SHARES

  • संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भइ देशको विकास गर्ने लक्ष्य छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको बताउनुभएको छ ।

    काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा आज घरदैलो कार्यक्रममा सहभागी महामन्त्री थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताउनुभयो । उहाँले आफ्नो पहिलो लक्ष्य प्रतिनिधि सभा सदस्य र दोस्रो लक्ष्य भनेको पार्टीबाट संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भइ देशको विकास गर्नु रहेको बताउनुभयो ।

    थापाले हरेक निर्वाचनमा आफूलाई जनता नै शक्ति हुन् भन्ने कुराले डर लाग्ने गरेको बताउनुभयो । यस्तै उहाँले यस अघिको चुनावमा धेरै स्थानमा उत्साह र सुभेक्षा देखिएपनि अहिले देशभरका विभिन्न स्थानमा चुनावप्रति आम मानिसको सुभेक्षा र उत्साह कम हुँदै गइरहेको बताउनुभयो ।

    उहाँले आफ्नो निर्वाचन क्षेत्रमा भने नेपालको राजनीतिक नेतृत्व परिवर्तनको निम्ति प्रयत्न गर्ने कुरामा आम नागरिकको साथ रहेको र त्यसलाई आफूले पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।


    बुधवार, कार्तिक २३ २०७९११:२०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij