Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

निर्वाचनमा परिचय खुल्ने कागजातबाट पनि भोट हाल्न पाइने

निर्वाचनमा परिचय खुल्ने कागजातबाट पनि भोट हाल्न पाइने

  • मंगलवार, कार्तिक २२ २०७९

  • 568
    SHARES

  • निर्वाचनमा परिचय खुल्ने कागजातबाट पनि भोट हाल्न पाइने

    काठमाडौं, आगामी निर्वाचनमा मतदाताले आफ्नो परिचय खुल्ने आधिकारिक कागजातबाट पनि मतदान गर्न पाउने जनाएको छ।

    आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।

    निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको वा नष्ट भएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो


    मंगलवार, कार्तिक २२ २०७९०५:४०:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij