Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रचण्डले आज कर्णालीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने

प्रचण्डले आज कर्णालीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने

  • मंगलवार, कार्तिक २२ २०७९

  • 410
    SHARES

  • प्रचण्डले आज कर्णालीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

    आज कर्णाली पुगेर जुम्ला, हुम्ला र कालिकोट जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने जुम्लाका माओवादी नेता मनऋषि धितालले बताउनुभयो ।

    अध्यक्ष प्रचण्डसहित माओवादी कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल, प्रदेश अध्यक्ष मायाप्रसाद शर्मा, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लगायत नेताहरू कर्णालीका चुनावी सभामा पुग्ने हुनुभएको छ ।

    आज प्रचण्ड सहित खड्काले हुम्लाको सर्केगाड,जुम्लाको खलंगा, र कालिकोटका मान्मा बजारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने धितालले बताउनुभयो । गठबन्धनको पक्षमा माहौल बनाउन प्रचण्डसहित गठबन्धनका शीर्ष नेता कर्णाली जान लाग्नुभएको हो ।

     


    मंगलवार, कार्तिक २२ २०७९१०:३७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij