काठमाडौँ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)भोली जुम्ला जानुहुने भएको छ। कर्णालीका तीन जिल्ला जुम्ला, कालिकोट र हुम्लामा आयोजीत चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड भोली जुम्ला जान थाल्नुभएको हो ।
प्रचण्ड भोली बिहान ९ बजे सुर्खेत जानुहुने छ । सुर्खेतबाट ९ः ५० बजे जुम्ला जाने तालीका तय भएको छ। यसैगरी, अध्यक्ष प्रचण्डले जुम्लामा गठबन्धनको चुनावी सभा सम्बोधन गरेलगत्तै हुम्लाको सर्केघाटमा १०ः१० मा जाने तालिका छ ।
यसैगरी, सर्केघाटबाट हुम्लाको सदरमुकाम सिमीकोट हुँदै दिउँसो १२ः ३० बजे कालिकोट जाने तालिका तय गरीएको माओवादी केन्द्रले जनाएको छ ।
जुम्लामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादीका केन्द्रीय सदस्य गोमा कुँवर, प्रदेश (क)मा कांग्रेसका प्रदेश सभापति ललितजंग शाही र प्रदेश (ख) मा समाजवादीका पदम रोकाया उम्मेदवार हुनुहुन्छ ।