Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रचण्डको उम्मेदवारी रोक्न माग गर्दै सर्वोच्चमा रिट

प्रचण्डको उम्मेदवारी रोक्न माग गर्दै सर्वोच्चमा रिट

  • सोमवार, कार्तिक २१ २०७९

  • 2.3K
    SHARES

  • प्रचण्डको उम्मेदवारी रोक्न माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं–
    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उमेदवारी रोक्न माग गर्दै सर्वोच्चमा रिट परेको छ ।

    आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको उम्मेदवार हुन रोक्न आदेश माग गर्दै सर्वोच्चमा हिजो रिट पेश भएको सर्वोच्च प्रशासनले जनाएको छ । अहिले सो रिटमा अध्ययन गरिरहेको सर्वोच्चको भनाइ छ ।

    अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा प्रचण्डले १० वर्षसम्म चलेको द्धन्द्धमा ज्यान गुमाएकामध्ये ५ हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएको र उहाँमाथि कर्तव्य ज्यानमा अनुसन्धान हुनुपर्ने भएकाले जनताको प्रतिनिधि हुन नमिल्ने जिकिर रिटमा गरिएको छ।

    सर्वोच्च प्रशासनले भने निर्वाचनको नजिकै आएको उक्त रिट दर्ता गर्ने आधार नभेटिएको भन्दै दरपिठ गर्ने तयारी गरेको छ।


    सोमवार, कार्तिक २१ २०७९०२:४८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij