Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने

देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने

  • आइतवार, कार्तिक २० २०७९

  • 425
    SHARES

  • देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने

    काठमाडौं । आसन्न निर्वाचनको प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहनु भएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने तय भएको छ ।

    उहाँले आज बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

    सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीबारदेखि डडेल्धुरामा हुनुहुन्छ ।

    उहाँले बिहीबार अमरगढी, शुक्रबार नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका–२ बडाल तथा शनिबार अजयमेरु गाउँपालिका भद्रपुर र भागेश्वार गाउँपालिका रुपालको चुनावी सभालाई सम्बोधन गरिसक्नुभएको छ ।

    देउवा मंसिर ४ गते हुने चुनावमा सत्ता गठबन्धनका तर्फबाट डडेलधुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्छ ।


    आइतवार, कार्तिक २० २०७९१०:१६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij