Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

निर्वाचन विरोधी गतिविधि गर्दै  हिँड्ने विप्लव नेकपाका नेता पक्राउ

निर्वाचन विरोधी गतिविधि गर्दै  हिँड्ने विप्लव नेकपाका नेता पक्राउ

  • शुक्रवार, कार्तिक १८ २०७९

  • 416
    SHARES

  • निर्वाचन विरोधी गतिविधि गर्दै  हिँड्ने विप्लव नेकपाका नेता पक्राउ
    काठमाडौं । निर्वाचन बिथोल्ने अभियानमा लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले उच्च निगरानीमा राखेको छ । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सो पार्टीका नेताहरू धमाधम पक्राउ पर्न थालेका छन् । बिहीबार(हिजो) मात्र प्रहरीले  पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज शरद वलीलाई पक्राउ गरेको छ । 
     
    मंसिर ४ गते हुने निर्वाचन बहिष्कारको आह्वान गर्दै हिँडेको अवस्थामा उनलाई नवलपुरको मध्यविन्दु नगरपालिकाको वसन्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
     
    वलीसँगै नेकपाका जिल्ला सचिव गंगा ज्ञवाली, जिल्ला सदस्य अर्जुन ठगुन्ना पनि पक्राउ परेका छन् । सामना जागरण अभियानअन्तर्गत सांस्कृतिक कार्यक्रम तथा निर्वाचन बहिष्कार कार्यक्रम लिएर हिँडेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कावासोतीले जानकारी दिएको छ । 
     
    विप्लव नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् । 
     


    शुक्रवार, कार्तिक १८ २०७९०८:४३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij