Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

पाँच वर्ष अगााडिका बाचा सम्झिँदै उम्मेदवार, माहोल बनाउन आश्वासनको बाढी (खास खबर)

पाँच वर्ष अगााडिका बाचा सम्झिँदै उम्मेदवार, माहोल बनाउन आश्वासनको बाढी (खास खबर)

  • बिहिवार, कार्तिक १७ २०७९

  • 321
    SHARES

  • पाँच वर्ष अगााडिका बाचा सम्झिँदै उम्मेदवार, माहोल बनाउन आश्वासनको बाढी (खास खबर)

    काठमाडौं । मुलुकमा विद्यमान राजनीतिक दल, तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरु आजदेखि चुनावी प्रचारप्रसार, भेला, आमसभा, जुलुसमा व्यस्त छन् । निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्मको समय चुनावी प्रचारप्रसारका लागि उपलब्ध गराएको छ । यसअघि पनि उम्मेदवारहरुले घरदैलो अभियान गरेका थिए । यतिबेला उम्मेदवारहरु माहोल आफ्नो पक्षमा पार्नका निम्ति हरदम प्रयासरत रहेका छन् । हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा ७१ जनासँग आयोगले स्पष्टिकरण सोधिसकेको छ ।
    हिजो पाँच वर्षसम्म गर्न नसकेका कामहरु आगामी दिनमा गर्ने भन्दै उनीहरुले आश्वासन बाँडिरहेका छन् । दलका घोषणापत्र हेर्ने हो भने नेपाली कांग्रेसले पाँच वर्षमा १२ लाख ५० हजारलाई रोजगारी दिने जनाएको छ । त्यस्तै नेकपा एमालेले पाँच वर्षमा पाँच लाखलाई रोजगारी र श्रमिकको ज्याला मासिक २५ हजार पु¥याउने बताएको छ । माओवादी केन्द्रले पाँच वर्षमा २० लाखलाई रोजगारी दिने र एकीकृत समाजवादीले एकघर एक रोजगारको अवधारणा अगाडि सारेको छ । अहिले मुलुकमा भएका सबै उद्योगहरु धरासायी अवस्थामा रहेका छन्, राजनीतिक दलको यहीँ व्यवहार र घोषणापत्रले मनको लड्डु घ्यूसँग खाने बाहेक प्रगति देखिदैन । आजको एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालमा घाइते, अपाङ्ग भएकालाई भेटी आवश्यक सहयोग गर्ने बताउनुभएको छ । निर्वाचनका बेला मात्रै यी विषय उठ्ने र अरुबेला भेटै पाउन मुस्किल हुने भएकोले जनतालाई पत्याउन गाह्रो छ ।

    आजै नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि एमाले मात्रै विकल्प भएको बताउनुभएको छ । यद्यपि यसअघिकै निर्वाचनमा दुई तिहाईको नेतृत्व गरेको एमाले आफै अस्थिर बनेको थियो ।

    आज राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो बाचा पत्र सार्वजनिक गर्दै मुलुकमा सुशासन कायम राख्न तल्लीन रहने बताएको छ । पार्टीका सभापति रवि लामिछानेले हरेक क्षेत्रमा भएको बेतिथिलाई अन्त्य गर्न नयाँ पार्टी र युवाको खाँचो रहने औल्याउनु भएको थियो । नेपालको संसदीय व्यवस्थामा अल्पमत र बहुमतको अंगगणित हुने भएकोले केही व्यक्ति मात्रै संसदमा प्रवेश गरेर कायापलट हुने देखिदैन ।

    हरेक पार्टीको मुख्य लक्ष्य मुलुकमा विकास गर्ने, समृद्धि कायम गर्ने, रोजगारी सिर्जना गर्ने नै हो । तर, राजनीतिक दलका नेताहरुले सामान्य प्रलोभन र शक्तिको खेलमा ध्यान दिँदा सोचेअनुरुप मुलुकले गति लिन सकेको छैन ।।

     


    बिहिवार, कार्तिक १७ २०७९०७:०१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij