Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

डडेलधुरामा स्वतन्त्र उम्मेदवार शाहीलाई एमालेको समर्थन

डडेलधुरामा स्वतन्त्र उम्मेदवार शाहीलाई एमालेको समर्थन

  • बिहिवार, कार्तिक १७ २०७९

  • 409
    SHARES

  • डडेलधुरामा स्वतन्त्र उम्मेदवार शाहीलाई एमालेको समर्थन

    काठमाडौ.नेकपा एमाले डडेलधुराले प्रतिनिधि सभा सदस्य चुनावमा स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीलाई समर्थन गर्ने भएको छ ।

    नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्ण मल्लसँग चुनावी तालमेल गर्ने भन्दै एमालेले डडेलधुरामा प्रतिनिधि सभातर्फ उम्मेदवार उठाएको थिएन । तर मल्लले प्रदेश सभामा एमालेलाई समर्थन नगरी आफ्नै उम्मेदवार उठाएपछि तालमेल भाँडिएको थियो ।

    यसभन्दा पहिले डडेलधुरामा शाहीसहित नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कांग्रेस वीपीका मल्ल, जनता समाजवादी पार्टी नेपालका श्याम सिनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायत, स्वतन्त्रबाट सागर ढकाल, कर्णसिंह रावल तथा लालबहादुर कठायत उम्मेदवार छन् ।

    प्रतिनिधि सभामा आफ्नै उम्मेदवार नभए पनि एमालेले प्रदेश सभा १ मा पठानसिंह बोहोरा र २ मा गजेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाएको थियो ।


    बिहिवार, कार्तिक १७ २०७९०४:२८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij