Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज नौजना थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो

आज नौजना थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो

  • शनिवार, भाद्र २० २०७७

  • 960
    SHARES

  • आज नौजना थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ९ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

    मृतकमा ३ महिला र ६ पुरुष रहेका छन् । मृतक महिला मोरङ, मकवानपुर र नवलपरासीका १–१ जना रहेका छन् ।

    त्यस्तै, काठमाडौंका ३ पुरुषको मृत्यु भएको छ । साथै, पर्सा, महोत्तरी र रुपन्देहीका १–१ पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८० पुगेको छ ।


    शनिवार, भाद्र २० २०७७०५:०८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij