Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

मनाङ, मुस्ताङलगायत ८ जिल्लामा निर्वाचन सामग्री पुग्यो, ५१ जिल्लामा धमाधम लगिँदै

मनाङ, मुस्ताङलगायत ८ जिल्लामा निर्वाचन सामग्री पुग्यो, ५१ जिल्लामा धमाधम लगिँदै

  • आइतवार, कार्तिक १३ २०७९

  • 266
    SHARES

  • मनाङ, मुस्ताङलगायत ८ जिल्लामा निर्वाचन सामग्री पुग्यो, ५१ जिल्लामा धमाधम लगिँदै

    काठमाडौं । निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न गरेको छ ।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्री आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको आयोगले जनाएको हो ।

    यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव ऋषीराम भुसालले नेपाल जानकारी दिनुभयो । उहाँका अनुसार यी बाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्री पठाउने कार्य सकिएको छ ।

    यद्यपी ती जिल्लामा सबै सामग्री ढुवानी हुन बाँकी रहेको भुसालले बताउनुभयो । उहाँका अनुसार आयोगले निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्री ढुवानी गर्नुपर्ने हुन्छ ।


    आइतवार, कार्तिक १३ २०७९०२:०६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij