Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मेरो अन्तिमपटक हो, त्यसपछि चुनाव लड्दिन : भुसाल

मेरो अन्तिमपटक हो, त्यसपछि चुनाव लड्दिन : भुसाल

  • शनिवार, कार्तिक १२ २०७९

  • 600
    SHARES

  • मेरो अन्तिमपटक हो, त्यसपछि चुनाव लड्दिन : भुसाल

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक भएको बताउनुभएको छ ।

    ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनु भएकी मन्त्री भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गर्नुभएको हो ।

    शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अर्को निर्वाचन आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले उमेर अवस्थाले गर्दा पनि आफूले निर्वाचन नलड्ने अवस्था आउने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘म ६० वर्ष पुगे । १६ वर्ष हुँदा म ललितपुर आएको हुँ । ४४ वर्ष भयो यहाँ बसेको । म गत साउन ४ गतेबाट ६० वर्ष पुगे । अव अर्को संसद् आउने बेलासम्म म ६५ वर्ष पुग्छु । अरू कुनै कारणले होइन, म चाहिँ अब उमेर अवस्थाले प्रत्यक्ष निर्वाचन लड्न घरघर जान अनि टोलटोल पुग । गल्लीगल्ली पुग । सबै ठाउँ पुग । अव मसँग त्यो इच्छा छैन । अब म भन्दा युवा साथीहरू आउनुहोस् । मलाई रहर लाग्यो भने समानुपातिकमा जान्छु भने पनि हुन्छ । राष्ट्रियसभा पनि छ । अरू राजनीतिक मोर्चाहरू पनि छन् । पार्टीको जिम्मेवारी लिएर कुनै महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छु । अव मलाई अर्को चोटि उठ्ने रहर छैन । यो अन्तिम चोटि हो प्रत्यक्षमा ।’

    मन्त्री भुसालले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धन बनेको र आगामी निर्वाचनपछि पनि यसले निरन्तरता पाउने दाबी समेत गर्नुभयो ।


    शनिवार, कार्तिक १२ २०७९०५:१४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij