Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

एमाले अध्यक्ष ओलीले मागे राप्रपालाई भोट

एमाले अध्यक्ष ओलीले मागे राप्रपालाई भोट

  • शुक्रवार, कार्तिक ११ २०७९

  • 519
    SHARES

  • एमाले अध्यक्ष ओलीले मागे राप्रपालाई भोट

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा पुगेर उहाँका लागि भोट माग्नुभएको छ। ओली र लिङ्देन दुवैको गृहजिल्ला झापामा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ ।

    आज झापा–३ मा आयोजित एमाले–राप्रपाको अगुवा कार्यकर्ता भेलामा दुवै अध्यक्षले एक अर्काका लागि भोट माग्नुभएको हो । ओलीले लिङदेनलाई राष्ट्र र राष्ट्रियतामा प्रतिबद्ध नेता भन्दै प्रशंसा गर्नुभएको थियो ।

    ओलीले अहिले देशको राजनीति दुई चिरामा बाँडिएको बताउनुभयो । एउटा कित्तामा राष्ट्रियता पक्षधर र अर्को कित्तामा राष्ट्रविरोधि शक्तिहरू रहेको उहाँको भनाइ छ । कांग्रेस नेतृत्वको गठबन्धनले देशको इज्जत माटोमा मिलाइदिएको ओलीले आरोप लगाउनुभयो ।

    ‘यो घोषित रुपमा नै विदेशीका लागि कम्फर्टेबल सरकार हो । तर, जनताका लागि भने अत्यन्तै माटोमा सुतेभन्दा बढी कष्टप्रद छ । जनतालाई भिष्मपितामहले सरसैयामा सुतेजस्तो भएको छ,’ ओलीले भन्नुभयो ।

    उहाँले राप्रपा अध्यक्ष लिङदेनको मूल्यांकन गर्दा उहाँले आफ्नो क्षेत्रमा विकास गरे कि गरेनन् भनेर नहेर्न आग्रह गर्नुभयो। सत्तामा कहिल्यै नपुगेकाले उहाँले विकासको परीक्षा दिन नपाएको ओलीको भनाइ छ ।

    ‘उनी सरकारमा नै थिएनन् त कसरी विकास गर्ने ? सरकारमा नभएको पार्टी र सांसदलाई हेर्ने भनेको नीतिको आधारमा हो । विकासको कुरा त मलाई सोध्नुस् । यसमा म जबाफदेही हुन्छु,’ ओलीले भन्नुभयो ।

    लिङदेनले कहिल्यै देशहित विरुद्धमा नबोलेको र देशकाविरुद्ध बेइमानी नगरेको ओलीको भनाइ छ । ‘उहाँ सधैँ देश र राष्ट्रियताको पक्षमा उभिनुभयो । त्यसैले यहाँका जनताले उहाँलाई रोज्नुहुनेछ,’ ओलीले भन्नुभयो ।


    शुक्रवार, कार्तिक ११ २०७९०४:०४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij