Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धन दलहरुको चुनावी प्रचारप्रसार तीब्र, तत्कालीन एमाले सरकारका कामहरुको आलोचना (खास खबर)

सत्ता गठबन्धन दलहरुको चुनावी प्रचारप्रसार तीब्र, तत्कालीन एमाले सरकारका कामहरुको आलोचना (खास खबर)

  • सोमवार, कार्तिक ७ २०७९

  • 361
    SHARES

  • सत्ता गठबन्धन दलहरुको चुनावी प्रचारप्रसार तीब्र, तत्कालीन एमाले सरकारका कामहरुको आलोचना (खास खबर)

    काठमाडौं । सत्तागठबन्धन दलहरु यतिबेला चुनावी प्रचारप्रसारमा जुटेका छन् । आफूहरुको गठबन्धन प्रतिगमनका विरुद्ध बताउने दलहरुले संयुक्त प्रदेशस्तरीय भेला पनि सम्पन्न गरिसकेका छन् । विगतमा एकले अर्कोलाई स्वीर्कानै नसक्ने गरी टाढिएका दलहरु निर्वाचन नजिकिएसँग गोलबन्ध बनेका हुन् । गठबन्धन सुशासन, स्थिरता र अमनचयनका लागि गरिएको बताएपनि निर्वाचन जित्नैपर्ने दलहरुमा हुटहुटी छ । विगतमा महत्वकांक्षी बाचा गर्ने तर पूरा नगर्ने प्रवृत्तिका कारण जनताबाट विश्वास गुमाउँदै गएका दलहरुले यसपाली भने मोर्चाबन्दी गरेका छन् । लामो समय सशस्त्रद्वन्द्वको नेतृत्व गरेका र टाठाबाँठाको जीवनशैलीमा निकै परिवर्तन पनि आयो र सामान्य वर्ग जुन लडाइँमा होमिएका थिए उनीहरु अहिले घाइते, अपाङ्ग भएर कष्टकर जीवन व्यतित गरिरहेका छन् । गठबन्धन दलहरुको अहिलेको चुनावी बाचा पनि जनतामैत्री त छ तर कार्यान्वयनमा भने भरोसा छैन । काठमाडौंमा भएको गठबन्धनको अन्तिम प्रदेशस्तरीय संयुक्त आमसभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको प्रगतिका लागि सुशासनका निम्ति लडेको स्मरण गर्नुभयो ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आजकै भेलालाई सम्बोधन गर्दै हालको संवैधानिक व्यवस्था र निर्वाचन प्रणालीले कुनै एक दलको बहुमत आउने अवस्था नरहेकोले मिल्नुको विकल्प नहुने बताउनुभयो ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताले गठबन्धनलाई विश्वास गरेको बताउनुभयो । प्रतिगमनलाई परास्त गरेको बताउँदै प्रचण्डले गठबन्धनले नै विकास र समृद्धिको खाका तयार पार्ने बताउनुभयो ।

    हालको व्यवस्थाले जनतालाई सहज बनाएको बताउँदै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो व्यवस्थालाई बचाउनका निम्ति पनि गठबन्धन अपरिहार्य रहेको इंगित गर्नुभयो ।

    निर्वाचनका बेला बोलिने भाषा र शैली विजय प्राप्त गरिसकेपछि बिर्सने नेपाली राजनीतिको पूरानो रोग हो । तर, अहिले त गर्ने नसकिने सपनाहरुपनि नेताहरुले बाँडिरहेका छन् । नेपाली नागरिकको बढ्दो वैदेशिक दर र त्यसलाई रोक्नका निम्ति गर्न सकिने स्पष्ट खाका कुनै दलहरुसँग छैन । भएका जीर्ण उद्योग कलकारखानाहरुलाई पुनः सञ्चालनमा ल्याएर र केही थपेर रोजगारीको अवसर दिलाउनु राजनीतिक दलहरुलाई फलामको चिउरा चपाउनुजस्तै बनेको छ।

     


    सोमवार, कार्तिक ७ २०७९०७:४४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij