Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

देउवालगायत गठबन्धनका शीर्ष नेताहरु सुर्खेतमा

देउवालगायत गठबन्धनका शीर्ष नेताहरु सुर्खेतमा

  • आइतवार, कार्तिक ६ २०७९

  • 357
    SHARES

  • देउवालगायत गठबन्धनका शीर्ष नेताहरु सुर्खेतमा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आइपुग्नुभएको छ ।

    वीरेन्द्रनगरमा आइतबार पाँच दलीय गठबन्धनले आयोजना गरेको प्रदेशस्तरीय भेलाको उदघाटन तथा सम्बोधन गर्न उहाँ सुर्खेत आइपुग्नु भएको हो ।

    IMG_20221023_143242_1.jpg

    प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि कार्यक्रममा भाग लिन सुर्खेत आइपुग्नुभएको छ ।

    गठबन्धन दलको निर्वाचन केन्द्रीत प्रदेश स्तरीय प्रशिक्षण भेला कार्यक्रममा सम्बोधन गर्न शीर्ष नेतसहित दलका नेता तथा कार्यकर्ताहरु सुर्खेत आइपुग्नुभएको छ । कार्यक्रम अहिले जारी रहेको गठबन्धन दलका नेताहरुले बताउनुभएको छ ।

    IMG_20221023_143306_1.jpg


    आइतवार, कार्तिक ६ २०७९०३:५८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij