Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको संयुक्त भेला आज कर्णाली प्रदेशमा, शीर्ष नेताले सम्बोधन गर्ने

सत्ता गठबन्धनको संयुक्त भेला आज कर्णाली प्रदेशमा, शीर्ष नेताले सम्बोधन गर्ने

  • आइतवार, कार्तिक ६ २०७९

  • 369
    SHARES

  • सत्ता गठबन्धनको संयुक्त भेला आज कर्णाली प्रदेशमा, शीर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौं । सत्ता गठबन्धनको संयुक्त भेला आज कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजना गरिएको छ । उक्त भेलामा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको उपस्थिती रहने भएको छ ।

    दिउँसो २ बजेबाट वीरेन्द्रनगरको शुभ होटलमा सुरु हुने भेलामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी केन्द्र) का अध्यक्ष माधव कुमार नेपालसहित अन्य शीर्षस्थ नेताहरुको उपस्थिति रहने छ ।

    नेपाली कांग्रेस प्रदेश कमिटीका प्रवक्ता दमन शाहीले भेलामा कर्णालीका प्रत्येक जिल्लाहरूबाट उम्मेदवार तथा प्रत्येक दलबाट निश्चित नेताहरुको सहभागिता रहने बताए । उनका अनुसार उक्त टोली सुरुमा सुदूरपश्चिमको राजधानी धनगढी पुगेर दिउँसो १ बजे मात्रै वीरेन्द्रनगर आउनेछ ।

     


    आइतवार, कार्तिक ६ २०७९०७:४५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij