Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

आज उम्मेदवारले जरिवाना बुझाउने अन्तिम दिन

आज उम्मेदवारले जरिवाना बुझाउने अन्तिम दिन

  • शनिवार, कार्तिक ५ २०७९

  • 283
    SHARES

  • आज उम्मेदवारले जरिवाना बुझाउने अन्तिम दिन

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारले आज पनि जरिवाना रकम बुझाउन सक्ने भएका छन् ।

    प्रदेश, प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारलाई जरिवाना बुझाउन आजसम्मको समय दिइएको थियो । आज अन्तिम दिन शनिवार विदा परेपछि जरिवाना बुझाउन चाहनेलाई लक्षित गर्दै कार्यालय खुलाइएको हो ।

    उम्मेदवारले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन सक्ने आयोगका समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

    जरिवाना वापतको रकम नबुझाउने उम्मेदवारहरूलाई प्रदेश, प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय आयोगले यसअघि नै गरिसकेको छ ।


    शनिवार, कार्तिक ५ २०७९१०:२५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij