Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सशस्त्र प्रहरीका ४ एसपीको काज सरुवा

सशस्त्र प्रहरीका ४ एसपीको काज सरुवा

  • बिहिवार, कार्तिक ३ २०७९

  • 373
    SHARES

  • सशस्त्र प्रहरीका ४ एसपीको काज सरुवा

    काठमाडौं । सशस्त्र प्रहरी बलले ४ जना एसपीहरूको काज सरुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असोज ३१ गतेको निर्णयअनुसार उनीहरूको आवश्यकताका आधारमा काज सरुवा गरेको एपीएफले बताउनुभयो ।

    नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय, ककनी नुवाकोटमा कार्यरत एसपी तीर्थराज पौडेललाई नम्बर ६ गण हेडक्वार्टर सप्तरीमा र सो गणमा कार्यरत एसपी प्रदीप खड्कालाई युएन शान्ति स्थापना तालिम शिक्षालय, ककनीमा सरुवा गरेको छ ।

    एसपी रमेशविक्रम शाहीलाई सशस्त्रको मुख्यालयस्थित मानवस्रोत विभागबाट कैलालीस्थित नम्बर ७, वैद्यनाथ बाहिनी मुख्यालय सरुवा गरेको सशस्त्रले जनाएको छ । यस्तै, एसपी डम्बरबहादुर विष्टलाई सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौवस्ता बाँकेबाट नम्बर ४४ गण हेड क्वार्टर, दार्चुला सरुवा गरेको छ ।

    sp_apf_0Jf2pU5IYD.jfif


    बिहिवार, कार्तिक ३ २०७९०१:२५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij