Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

युक्रेन युद्धको विरोध गर्ने पत्रकार रुसबाट भागिन्

युक्रेन युद्धको विरोध गर्ने पत्रकार रुसबाट भागिन्

  • मंगलवार, कार्तिक १ २०७९

  • 385
    SHARES

  • युक्रेन युद्धको विरोध गर्ने पत्रकार रुसबाट भागिन्

    काठमाडौं । युक्रेन युद्धको विरोध गर्ने पत्रकार रुसबाट भागेकी छन् ।

    राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन आक्रमणको प्रत्यक्ष प्रसारणमा विरोध गर्ने पूर्व रुसी सरकारी टेलिभिजन पत्रकार मारिना ओभ्स्यानिकोभा वान्टेड सूचीमा परेपछि देश छाडेकी हुन् ।

    मारिनाले देश छाडेको उनका वकिलले पुष्टि गरेका छन् । ‘ओभ्स्यान्निकोभा र उनकी छोरीले आफू नजरबन्दमा रहेको ठेगानाबाट निस्किएको केही घण्टापछि रुस छाडेकी हुन् ।

    उनीहरू अहिले युरोपमा छन्’ ओभ्स्यानिकोभाका वकिल दिमित्री जाख्भाटोभले एएफपीलाई भने, ‘उनीहरू ठीक छन्। तिनीहरू सार्वजनिक रूपमा कुरा गर्न सकिरहेका छैनन् ।

    ‘पुटिन एक हत्यारा हुन । उनका सिपाहीहरू फासीवादी हुन्’, लेखिएको पोस्टर बोकेर क्रेमलिन नजिकै जुलाईको मध्यमा एक्लै विरोध प्रदर्शन गरेपछि उनलाई अगस्टदेखि घरमै नजरबन्द गरिएको थियो ।

    च्यानल ओनकी पूर्वसम्पादक मारिनाले सन्ध्याकालीन समाचारको समयमा ‘नो वार’ लेखिएको पोस्टर देखाएकी थिइन् । कानुन प्रवर्तन निकायले ४४ वर्षीया मारिनालाई रुसी सशस्त्र सेनाको बारेमा गलत सूचना वितरण गरेको आरोप लगाएको थियो ।

    उक्त आरोप पुष्टि भएमा उनलाई १० वर्षको जेल सजाय हुन सक्छ ।


    मंगलवार, कार्तिक १ २०७९०३:०३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij