Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

विनोद चौधरी मोटरसाइकलमा बसेर यसरी गर्दैछन् चुनाव प्रचार....

विनोद चौधरी मोटरसाइकलमा बसेर यसरी गर्दैछन् चुनाव प्रचार....

  • सोमवार, आश्विन ३१ २०७९

  • 634
    SHARES

  • विनोद चौधरी मोटरसाइकलमा बसेर यसरी गर्दैछन् चुनाव प्रचार....

    काठमाडौं । उद्योगपति विनोद चौधरी नयाँ शैलीसहित चुनावी प्रचार प्रसारमा लाग्नुभएको छ । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुधएका चौधरी मोटरसाईकलको पछाडी बसेर चुनावी प्रचारमा जुट्नुभएको छ ।

    सामाजिक सञ्जालबाट चुनावी प्रचारको फोटो सार्वजनिक गर्नुभएका चौधरीको प्रचार शैलीबारे विभिन्न टिक्का टिप्पणी भइरहेको छ ।

    घरदैलो अभियानकै क्रममा रहनुभएका चौधरीले आफू जनताको घर आँगनमा रहेको बताउनुभयो । उहाँले आफ्नो बल बुद्धिलाई समृद्ध देश, सुखी अनि खुशी नेपाली बनाउने शुत्रका साथ जनतामाझ समर्पित हुने बताउनुभएको छ । देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई व्यावसायिक बनाउँदै किसानका समस्या हल गर्न आफू लाग्ने उहाँले बताउनुभयो ।

    सामाजिक सञ्जालमार्फत् उहाँले भन्नुभएको छ, 'देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई बढोत्तरी गर्दै किसानका हर समस्या समाधान गर्दै, बाटोघाटो, शिक्षा, स्वास्थ, कलकारखानामा समयसापेक्ष आमूल परिवर्तन गर्ने अठोटका साथ, आफ्ना जनता, साथिभाइ अनि दाजुभाइबीच उभिएको छु । धेरै हेर्‍यौँ र पर्खियौँ अब समृद्धि र विकासको सपना छिटैँ पूरा गरौँ । म जनताको साथमा,अनि देशको आमूल परिवर्तन हाम्रो साथमा ।’

    चौधरी यसअघि पनि कांग्रेसको समानुपातिक कोटाबाट सांसद बन्नुभएको थियो । नवलपरासीमा चौधरीका मुख्य प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठी हुनुहुन्छ ।


    सोमवार, आश्विन ३१ २०७९०४:१९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij